Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


आईपीएलमा हैदरावादको पहिलो जित, राजस्थान ५ विकेटले पराजित


0
Shares

काठमाडौं । सनराईजर्स हैदरावादले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै हैदरावादले पहिलो जित निकालेको हो ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा राजस्थानले दिएको १९९ रनको लक्ष्य हैदरावादले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो ।

हैदरवादका लागि ओपनर डेभिड वार्नरले ६९ रनको अर्धशतकीय पारी खेले । उनले ३७ बलमा ९ चौका र २ छक्का प्रहार गरे ।  यस्तै जोनी बैरस्टोले ४५ तथा विजय शंकरले ३५ रन बनाए ।

राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा २ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

राजस्थानको लागि सन्जु सामसनले अविजित रहदै १०२ रनको शतकीय इनिङस खेले ।

सामसनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे । जारी आईपीएलमा सामसनको  शतक पहिलो शतक हो ।

यस्तै कप्तान अजिन्क्या रहानेले ७० रनको अर्धशतकीय इनिङ्स खेले । राजस्थानका लागि यो लगातार दोस्रो हार हो ।

यसअघि राजस्थानले किंग्स इलाभेन पन्जावसँग पराजय ब्यहोरेको थियो ।

हैदराबाद भने पहिलो खेलमा कोलकातासँग पराजित भएको थियो । जितसंगै हैदरवादले २ खेलबाट २ अंक जोडेको छ ।

हैदरवाद लिगको चौथो स्थानमा छ ।  राजस्थान लिगको पुछारमा रहेको छ ।