Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


यो महिनाभित्र संविधान संशोधनको सम्भावना छैन : सभामुख घर्ती


0
Shares

विराटनगर, कात्तिक २३ । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुको विकल्प नभएको बताएकी छन् ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घर्तीले संविधान कार्यान्वयन नै अहिलेको चुनौती रहेको बताइन् । त्यसका लागि एकजुट हुनुको विकल्प नभएको उनको भनाइ थियो ।

उनले आपसमा वार्ता र छलफललाई तिव्रता दिन दलहरुलाई आग्रह गरिन् । संविधान कार्यान्वयन नभएसम्म राजनीतिक परिवर्तनका उपलब्धी संस्थागत हुन नसक्ने उनले प्रष्ट पारिन् ।

सभामुख घर्तीले संविधान संशोधन प्रस्ताव संसदमा पेश भएपछि पनि परिपक्व हुन पाँच दिनको समय लाग्ने भएकाले यो महिनाभित्र संशोधन हुने सम्भावना नरहेको बताइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रक्रिया भने संसद् शुरु भएलगत्तै अघि बढ्ने उनको भनाइ थियो ।

Skip This