
डडेल्धुरा, कात्तिक २३ । सुदूरपश्चिमका प्रसिद्ध विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा मेला लागेको छ ।
नेपालीहरुका महान चाड दशैं र तिहार सकिए लगत्तै सुदूरपश्चिमका सबै पहाडी जिल्लाका प्रसिद्ध मन्दिर र शक्तिपीठहरुमा बर्सेनि मेला लाग्ने गर्दछ ।
परम्परादेखि नै कात्तिक शुक्ल पक्षदेखि मंसिर शुक्ल पक्षसम्म लाग्ने मेलामा ठूलो संख्यामा भक्तजन पुगेर मन्दिर तथा शक्तिपीठहरुमा पूजाआजा गर्ने गर्दछन् । डडेल्धुराको प्रसिद्ध उग्रतारा, डागेश्वरी, बीरबेताल, बडालजाँत, डोटीको शैलेश्वरी, दुर्गाजाँत र बझाङको सुर्मादेवीमा भव्य मेला लागिरहेको छ ।
यस्तै अछामको जामाकेदार, बैजनाथ, मुजाबगर, बैतडीको रणसैनी श्री त्रिपुरासुन्दरी, निङलासैनी, दार्चुलाको मालिकार्जुनधाम, लटिनाथलगायतका देवस्थलमा पनि ठूलो मेला लागेको छ ।
मन्दिर तथा शक्तिपीठमा पूजाआजाका लागि स्थानीयबासिन्दाका साथै भारतबाटसमेत ठूलो संख्यामा भक्तजन आउने गरेका छन् ।
यसैबीच डडेल्धुराको गणेशपुर गाविसमा पर्ने बडालजाँतमा मेलासँगै तरबारसहितको नाँच प्रदर्शन गरिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्