
काठमाडौं, कात्तिक २३ । नेपालमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतको गोवामा तिब्बती निर्वासित सरकारका प्रधानमन्त्रीसँग भेटेको विषयलाई लिएर देउवाको व्यापक आलोचना भइरहेको छ ।
इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा देउवासँगै तिब्बती निर्वासित सरकारका प्रधानमन्त्री लोब्साङ सांगे पनि मुख्य वक्ताकोरुपमा सहभागी थिए ।
देउवाको उक्त सहभागितालाई लिएर नेपाली कांग्रेसको ‘एक चीन नीति’माथि नै प्रहार हुन थालेको छ भने चीनलेसमेत सो विषयमा स्पष्टीकरण खोजेको समाचारहरु आएका छन् ।
पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जिम्मेवार पार्टीको जिम्मेवार नेता र पूर्वप्रधानमन्त्रीजस्तो व्यक्तिले दलाई लामाका प्रतिनिधिसँग एउटै हैसियतमा कार्यक्रममा सहभागी हुनु गम्भीर गल्ती भएको टिप्पणी गरे ।
तर, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने देउवा सहभागी भएको इन्डिया फाउन्डेसनको सो कार्यक्रममा कुनै तिब्बती पनि नेता सहभागी नभएको दाबी गरे ।
मंगलबार हामीसँगको कुराकानीमा उनले चीनले परराष्ट्र मन्त्रालयमा एक चीन नीतिप्रतिको धारणामा जवाफ मागेको भन्ने समाचार पनि सत्य नरहेको जिकिर पनि गरे ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्