काठमाडौं, कात्तिक २३ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको आसन्न महाधिवेशनमा अध्यक्ष पदका आकांक्षीहरुले निर्धारित् मितिमै महाधिवेशन सम्पन्न हुनुपर्ने बताएका छन् ।
आसन्न चौंथो महाधिवेशनका लागि आफूहरुले अध्यक्षमा उम्मेदवारी दिने भन्दै उनीहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महाविधेशनको मिति सार्न नहुनेमा जोड दिए ।
अध्यक्षको उम्मेदवारी घोषणा गर्नेहरुमा नारायणप्रसाद भटराई, टेकराज पौडेल, दिनेश राई, लक्ष्मी खतिवडा, कर्णबहादुर मल्ल, मीनकृष्ण महर्जनलगायत रहेका छन् ।
तरुण दलको महाधिवेशन यही कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा गर्ने तय भएको छ ।









प्रतिक्रिया दिनुहोस्