Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


गोरखामा दुई नगरपालिका र ९ गाउँपालिका बनाउने सहमति


0
Shares

गोरखा, कात्तिक २३ । गोरखामा दुई नगरपालिका र ९ गाउँपालिकासहित ११ ओटा स्थानीय तह बनाउने सहमति भएको छ ।

स्थानीय पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिले क्षेत्र नम्बर–१ मा गोरखा नगरपालिकासहित सहिद लखन थापा र गन्डकी गाउँपालिका बनाउने सहमति भएको हो ।

गोनपामा ताप्ले र देउराली गाविस गाभ्ने सहमति भएको छ । साथै क्षेत्र नम्बर–२ मा पालुङटार नगरपालिकासहित सिरानचोक र अजिरकोट गाउँपालिका बनाइने सहमति भएको माओवादी केन्द्रका जिल्ला नेता लेखबहादुर थापाले बताए ।

क्षेत्र नम्बर–३ मा चुमनुव्री, धार्चे, आरुघाट, सुलिकोट र भीमसेन गाउँपालिका बन्ने भएको छ ।

सुलिकोट गउँपालिकालाई बराम संरक्षित क्षेत्र, गोनपालाई कुमाल र मुस्लिम संरक्षित क्षेत्र, सहिद लखन थापा गाउँपालिकालाई मगर स्वायत्त क्षेत्र, गण्डकी गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र, अजिरकोटलाई गाउँपालिकालाई भुजेल, तामाङ संरक्षित क्षेत्र, चुमनुव्रीलाई भोटेलामा स्वायत्त क्षेत्र, धार्चेलाई तमुवान् स्वायत्त क्षेत्र बनाउने सहमति भएको जिविसका योजना अधिकृत शतिश भट्टराईले जानकारी दिए ।

उक्त सहमतिप्रति माओवादी केन्द्रले फरक मत राखेको छ । माओवादीले बारपाकलाई धार्चे गाउँपालिकामा राख्नुपर्ने सुझाव दिएको हो । रासस