काठमाडौं, कात्तिक २४ । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पको जितले विश्वव्यापी प्रभावपार्ने भएपनि नेपालमा भने नगन्य प्रभावमात्रै पर्ने परराष्ट्रविद्हरुले बताएका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा परराष्ट्रविद् डा. राजन भट्टराईले ट्रम्पले गरेका चुनावी भाषण लागू हुन गाह्रैपर्ने बताए ।
तर, ट्रम्पको आर्थिकनीतिका कारण अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहायतामा भने कटौती हुनसक्ने उनले बताए ।
अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा. शंकर शर्माले अमेरिकाले अब लिने वैदेशिक र आर्थिकनीतिले भारत र चीनमा बेरोजगारी बढ्ने चिन्ता सुरु भएको र नेपालको आर्थिक क्षेत्रमा पनि त्यसको असर देखिने बताए ।
अमेरिकामा ‘आउटसोर्सिङ’ गर्ने नेपाली आइटी कम्पनीहरुमा त्यसको प्रभाव देखिनसक्ने, ट्रम्पको आप्रवासीनीतिका कारण अमेरिकामा अवैधरुपमा बसिरहेका नेपालीहरु प्रभावित हुनसक्ने शर्माको भनाइ थियो ।
अर्का परराष्ट्रविद् डा. सुरेश चालिसेले ट्रम्पको विजयले जापान र दक्षिण कोरियाजस्ता देशहरुको सुरक्षा चिन्ता बढ्नसक्ने भन्दै पाकिस्तानलाई एक्ल्याउने भारतीय नीतिमा पनि असर गर्नसक्ने बताए ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्