फाइल फोटो
काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले ‘एक चीन’ नीतिमा कांग्रेस स्पस्ट रहेको बताएकी छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै उनले नेपालले सधैं ताइवान र तिब्बतलाई चीनको अभिन्न अंगकोरुपमा मान्यता दिँदै आएको र एक चीन नीति अवलम्बन गर्ने कांग्रेसको स्पस्ट नीति रहेको बताएकी हुन् ।
‘नेपालले सधैं एक चीन नीतिको स्पस्टता र दृढतापूर्वक अवलम्बन गर्दै आएको छ । नेपालले सधैं ताइवान र तिब्बतलाई चीनको अभिन्न अंगकोरुपमा मान्यता दिँदै आएको छ’–उनले भनेकी छन्–‘एक चीन नीति अवलम्बन गर्ने नेपाली कांग्रेसको स्पस्ट नीति हो ।’
आफू पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख हुँदा र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहँदासमेत एक चीन नीतिलाई अघि बढाएको उनको भनाइ छ ।
चीनसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ वर्ष पूरा भएको र दुई देशबीच दुई हजार वर्षअघिदेखि परम्परागत सम्बन्ध रहिआएको भन्दै उनले यो बीचमा नेपाल र चीनबीच सधैं सुमधुर सम्बन्ध रहिआएको उनले उल्लेख गरेकी छन् ।









प्रतिक्रिया दिनुहोस्