Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


बिहीबार संसद बैठक बस्दै, महाभियोग प्रस्तावमा छलफल


0
Shares

काठमाडौं, कात्तिक २४ । तिहार र छठको बिदा सकिएपछिको व्यवस्थापिका–संसदको पहिलो बैठक २५ गते बिहीबार बस्दैछ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहनेछ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदले कात्तिक ३ गते सो प्रस्ताव दर्ता गरेका थिए ।

तिहारअघि कात्तिक ९ गते बसेको संसदको बैठक यही कात्तिक २५ गते दिउँसो २ बजेसम्म स्थगन भएको थियो ।

संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलका अनुसार बिहीबारको बैठकमा महाभियोगसम्बन्धी प्रस्तावमा नियमित छलफल हुनुका साथै राष्ट्रिय महिला आयोगसम्बन्धी विधेयक प्रस्तुत् गर्ने कार्यसूची रहेको छ । रासस

Skip This