काठमाडौं, कात्तिक २४ । नेपालका पत्रकारहरु अझैपनि भौतिक र पेसागतरुपमा सुरक्षित नरहेको एक प्रतिवेदनले देखाएको छ ।
पत्रकारविरुद्ध हुने अपराधजन्य दन्डहीनता अन्त्यसम्बन्धी दिवसको सन्र्दभ पारेर बुधबार राजधानी सार्वजनिक गरिएको प्रतिवेदनले नेपालमा पत्रकारको पेसागत अवस्था नाजुक रहेको, पारिश्रमिक राम्रो नभएको, जनतामा पत्रकारको विश्वसनीयता खस्कँदै गएको देखाएको हो ।
सो कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीलगायतले पत्रकारको हक–अधिकारकोबारेमा बोलेका थिए ।










प्रतिक्रिया दिनुहोस्