Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


बुधबार शेयर बजारमा उच्च गिरावट


0
Shares

काठमाडौं, कात्तिक २४ । बुधबार पनि शेयर बजारमा उच्च गिरावट आयो । नेप्से १७ सय तल ओर्लियो ।

यसदिन पनि बजार परिसूचक नेप्से २७ अंकले झरेर १६ सय ९६ मा आइपुगेको हो । कारोबार भएका सबै समूह ओरालो लाग्यो । बीमा समूह सबैभन्दा उच्च १ सय ५८ अंकले झर्‍यो । होटल समूहमा ६३ अंकको कमी आयो ।

यस्तै, जलविद्युत् समूहमा ३७ अंक, विकास बैंक समूहमा ३५ अंक अनि वाणिज्य बैंक समूहमा २४ अंकको गिरावट आयो । अन्य र वित्त समूह पनि दोहोरो अंकले झरे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २७ कम्पनीको १० लाख बराबर कित्ता शेयर ६९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।