लमजुङ, कात्तिक २४ । कृषि क्षेत्रको विकासका लागि कलम चलाएको भन्दै जिल्ला कृषि विकास कार्यालय लमजुङले इमेज टेलिभिजनका लमजुङ संवाददाता नवीनराज कुइँकेललाई पुरस्कृत गरेको छ ।
३६औं विश्व खाद्य दिवसको अवसरमा बुधबार सदरमुकाम बेसीसहरमा आयोजित कार्यक्रममा कुइँकेलसहित कान्तिपुर दैनिकका संवाददाता आशा गुरुङ र कारोबार दैनिकका संवाददाता छविलाल बगालेलाई ६ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो ।
पत्रकारहरुलाई सांसदद्वय टुका हमाल, लालबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी मोहन जिसी, स्थानीय विकास अधिकारी शेखर पौड्याल, जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए ।
यसैगरी, किसानहरु योगेन्द्र भण्डारी, चन्द्रबहादुर रानाभाट र दीपेन्द्र बोहरालाई जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो । किसानहरुलाई १०/१० हजार रुपैयाँ नगदबाट पुरस्कृत गरिएको हो ।





प्रतिक्रिया दिनुहोस्