Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


बैदेशिक रोजगारीले फेरिदियो दलित गाउँको मुहार


0
Shares

म्याग्दी, कात्तिक २५ । केहीबर्ष अगाडिसम्म घरमा आकर्षक टिभी, गोठमा दुहुनो भैसी र बैंकमा पैसा सपना जस्तै लाग्ने म्याग्दी पुलाचौर पुरुन्नेका दलित समुदायको दैनिकीमा परिवर्तन आएको छ ।

गाउँबाट धमाधमा बैदेशिक रोजगारमा जानेहरूको लर्को लाग्न थालेपछि पुरुन्नेबासीको हातमा मोवाईल घरमा महँगो टिभी र सहर बजारमा घरघडेरी समेत जोड्न सफल भएका छन ।

दलित समुदायका यूवाहरू विदेश गएर धमाधम रेमिट्यान्स मार्फत पैसा पठाउन थालेपछि पुरुन्नेका दलित समुदायको दैनिकि परिबर्तन भएको हो ।

१०३ घरधुरी रहेको पुरुन्नेका अधिकांस घरबाट खाडी मुलुक कतार, साउदी अरव, बराईन, मलेसिया, भारत लगाएतका देशमा गएका छन ।

बैदेशिक रोजगार विभागका अनुसार म्याग्दी जिल्लबाट भारत बाहेक बैदेशिक रोजगारमा २१ हजार ६ सय ४२ जना गएका छन् । जिल्लामा बार्षिक ४ अर्वको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको छ ।