Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


आलु खेती फस्टाएपछि किसान खुशी


0
Shares

सिन्धुली, कात्तिक २५ । यस बर्ष सिन्धुलीमा आलु खेती फस्टाएको छ । आलु खेती राम्रो भएपछि व्यावसायिक आलु खेती गरेका किसान खुशी भएका छन् ।

बजारमा सिन्धुलीको आलुको माग अत्यधिक रहेको र बजारको समस्या नरहेको स्थानीय व्यापारी बताउँछन् । आलुको व्यावसायिक खेती गर्ने किसानले पानी नजम्ने बारीहरुमा आलु खेती गर्दै आएका छन् ।

सिन्धुलीमा हरेक वर्ष २० हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

सिन्धुलीमा आलु खेती गर्ने किसानले आलु बिक्रीबाट मात्र वर्षेनी दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।