राजविराज, कात्तिक २५ । सप्तरीको भारदह–१ स्थित सप्तकोसी ब्यारेजमा बुधबार साँझ एक भारतीय नागरिकको कोसीमा हामफालेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको सुपौल जिल्ला कुनौली–५ बस्ने ४२ वर्षीय महेन्द्र साह रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । मृत्युका बारेमा हाल अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । (रासस)










प्रतिक्रिया दिनुहोस्