पाँचथर, कात्तिक २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले अब चाँडै राप्रपा नेपालसँग पार्टी एकता हुने बताएका छन् ।
पाँचथरको फिदिममा बिहीबार पार्टीले गरेको कार्यक्रममा बोल्दै उनले दुवै पक्षबाट संवाद अघि बढाएर पार्टीलाई एक बनाएर लैजाने बताए ।
उनले संविधानलाई संशोधन गरेर आगामी चैतमै स्थानीय निकायको चुनाव गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘अहिलेको गाउँ नगरको संरचनालाई कायम गरेरै स्थानीय निकायको निर्वाचन गर्नुपर्दछ,’ उनले भने ।’
मधेसी, आदिवासी जनजातिका मागलाई सम्बोधन गर्दै अब मुलुकलाई हिन्दू राज्य बनाउन लाग्ने उनले बताए । उनले अङ्गिकृत नागरिकता भएको व्यक्ति संवैधानिक पदमा जान दिने पक्षमा पार्टी नरहेको उल्लेख गरे । उनले भने, ‘अंगीकृत नागरिकलाई संवैधानिक पदमा लैजाने पक्षमा हामी छैनौं ।’









प्रतिक्रिया दिनुहोस्