Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


नेत्रविक्रम माओवादीका १५ कार्यकर्ता पक्राउ


0
Shares

                                                                     फाइल फोटो
चितवन, कात्तिक २५ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका १५ जना कार्यकर्ता विहीबार चितवनमा पक्राउ परेका छन् ।

महँगी, कालोबजारी र भ्रष्टाचारको विरोध गर्दै चक्काजाममा उत्रिएका उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, नारायणगढको पुल्चोकबाट ६ जना र पूर्वी चितवनको खैरहनीबाट ९ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो ।

जिप्रका चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार पक्राउपर्नेमा जिल्ला सचिवालय सदस्यहरु लोकराज पाण्डे, पुरन राई, कृष्ण बराल, रघुवीर शेर्पा, रमेश लामिछानेसहित १५ जना रहेका छन् । रासस

 

Skip This