Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


भारतबाट कमाएर ल्याएको भारु ५०० र १००० को नोट भएका नेपालीहरु स्तब्ध


0
Shares

नेपालगन्ज, कात्तिक २५ । भारत सरकारले गत मंगलबार रातिदेखि चलन–चल्तीमा रहेको भारु ५०० र एक हजारको नोटमा रोक लगाएपछि नेपालगन्जका व्यापारी र सर्वसाधारणपनि प्रभावित भएका छन् ।

विशेषतः भारतमा रोजगार गरी कमाएर ल्याएको भारु ५०० र एक हजारको नोट भएकाहरु भारत सरकारको यो निर्णयबाट स्तब्ध बनेका छन् ।

भारु ५०० र एक हजारका भारत पुगेका पर्यटक, व्यापारी र उपचार गराउने नेपाली पनि अलमलमा परेका छन् ।

नेपाल राष्ट्र बैंक नेपालगन्ज क्षेत्रीय कार्यालयका निर्देशक गुरुप्रसाद पौडेलले नेपाली नागरिकसँग रहेको भारु ५०० र एक हजारको नोट सटही गर्न आवश्यक पहल भइरहे पनि सरकार र केन्द्रीय कार्यालयको निर्देशनको पर्खाइमा रहेको बताए ।

भारत सरकारको एक्कासि आएको यो निर्णयले यहाँका व्यापारी, उद्योगपति तथा सर्वसाधारण नागरिकमा पनि चिन्ता छाएको उद्योग वाािणज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ । रासस