Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


चैतमा होला त स्थानीय निकायको चुनाव ? के–के छन् काम बाँकी ? (भिडियो रिपोर्ट)


0
Shares

सरोज अधिकारी/सहदीप केसी (इमेज)
काठमाडौं, कात्तिक २५ । सरकारले जतिसुकै दाबी गरे पनि आगामी चैतमा स्थानीय तहको चुनाव हुने सम्भावना कमजोर बन्दै गएको छ ।

संविधानतः आगामी २०७४ साल माघ ७ गतेभित्र तीनओटै तहको चुनाव गर्नुपर्छ ।

तर, चैतमा स्थानीय तहको चुनाव गर्ने हो भने सरकारले चुनावको मिति घोषणाअगावै कम्तीमा पाँचओटा कानुन निर्वाचन आयोगलाई दिनुपर्छ । त्यसपछि पनि आयोगलाई चुनावको तयारी गर्न १२० दिनको समय लाग्छ ।

मधेसमा देखिएको असन्तुष्टीलाई सम्बोधन गर्दै कम्तिमा स्थानीय तहको चुनाव गराउने मुल दायित्व बोकेर बनेको सरकारको गतिलाई हेर्ने हो भने आगामी चैतमा स्थानीय निकायको चुनाव हुने सम्भावना दिन–प्रतिदिन कमजोर बन्दै गएको छ ।

सतहमा चुनावको जति चर्चा भएपनि यसका लागि आवश्यक तयारी निकै सुस्त छ ।

मधेसी मोर्चाको माग सम्बोधन गर्ने गरी संविधान सम्बोधन नभएको तथा स्थानीय निकाय पुनःसंरचना आयोगको रिपोर्टसमेत आइनसकेकाले चैतमा चुनाव हुनेमा शंका बढ्दो छ ।

अर्कोतिर, चुनावका लागि सरकारले मिति तोक्नुअघि निर्वाचन आयोगलाई राजनीतिक दल दर्तासम्बन्धी, निर्वाचन आयोगसम्बन्धी, मतदाता नामावलीसम्बन्धी, स्थानीय तह निर्धारणसम्बन्धी र निर्वाचन कसुरसम्बन्धी कानुन आवश्यक पर्छ ।

यो कानुन प्राप्त भइसकेपछि पनि बाँकी प्रक्रियाका लागि आयोगलाई थप १२० दिनको समय आवश्यक पर्छ । तर, साघुरो समयमा यी सबै काम सम्पन्न हुने कुनै आधार बनिसकेको देखिँदैन ।

अहिलेसम्म तीनओटा कानुनमात्र मस्यौदा भइ दफावर छलफलका लागि संसदीय समितिमा पुगेका छन् भने बाँकी स्थानिय तह र निर्वाचन कसुरसम्बन्धी कानुनका विषयमा छलफल नै जारी रहेको बताउँछन्, निर्वाचन आयोगका सचिव गोपिनाथ मैनाली । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

 

Skip This