फाइल फोटो
काठमाडौं, कात्तिक २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे ट्रम्पलाई विहीबार बधाइ दिएका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले विहीबार विज्ञप्ति जारी गरी ट्रम्पलाई व्यक्तिगत र पार्टीका तर्फबाट बधाइ तथा सफल कार्यकालको शुभकामना दिँदै राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ बढी सुमधुर हुने विश्वास व्यक्त गरेका छन् । रासस









प्रतिक्रिया दिनुहोस्