जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, कात्तिक २५ । पाँचथरको फिदिममा पूर्वमन्त्री पद्मसुन्दर लावतीको शालिक अनावरण गरिएको छ ।
२५ वर्ष सांसद र १२ पटक मन्त्री भएका स्वर्गीय लावतीको शालिकको विहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले उद्घाटन गरे ।
महागुरु फाल्गुनन्दको १ सय ३२औं जन्मजयन्तीको अवसर पारेर लावतीको शालिक अनावरण गरिएको हो ।
शालिक अनावरणपछि राणाले लावतीले देशमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्