Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


सुनको भाउ एकैदिन १४ सयले घट्यो


0
Shares

काठमाडौं, कात्तिक २५ । अघिल्लो दिन तोलामा १३ सय रुपैयाँले उकालो लागेको सुनको भाउमा विहीबार पुनः १४ सय रुपैयाँले गिरावट आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बुधबार तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन र भारतीय नोटमाथिको प्रतिबन्धलगायतका कारणले सुन बजार प्रभावित भएको विश्लेषण गरिएको छ ।

चाँदीको भाउ पनि विहीबार तोलामा १० रुपैयाँले कमी आएर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १२ सय ८० डलर हाराहारीमा कारोबार भएको थियो । बुधबार यसै समयमा १३ सय डलर माथि पुगेको थियो ।