काठमाडौं, कात्तिक २५ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई फोस्र्ट एन्ड सलिभनले ‘ग्रोथ, इनोभेसन एन्ड लिडरसिप अवार्ड २०१६’ द्वारा सम्मानित गरेको छ ।
काठमाडौंमा हालै आयोजित कार्यक्रममा चौधरीलाई उक्त अवार्ड प्रदान गरिएको हो । आयोजक फोस्र्ट एन्ड सलिभनले पहिलोपटक नेपालमा यो अवार्ड कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।
जन्मभूमि नेपालमा आफूले व्यावसायिक क्षेत्रको प्रवर्धनका लागि गरेको प्रयासको सम्मानकोरुपमा यो अवार्डलाई लिएको चौधरीले बताएको जनाइएको छ ।
यस्तै, अन्र्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एन्ड सलिभनले नेपालको निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई यस वर्षको उत्कृष्ट दुरसन्चार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्डबाट सम्मानित गरेको छ ।









प्रतिक्रिया दिनुहोस्