काठमाडौं, कात्तिक २६ । आगामी निर्वाचनमा महिला उम्मेदवारलाई केन्द्रीत गरी निर्वाचन कार्यक्रम बनाउन सरोकारवालाहरुले माग गरेका छन् ।
विभिन्न ६ दलका महिला संलग्न राजनीतिक महिला मञ्चले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा सरोकारवालाहरुले स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा चक्रीय प्रणालीका आधारमा एकजना महिला अनिवार्य रुपमा समावेश गर्न माग गरेका हुन् ।
उनीहरुले संघ र प्रदेशको कार्यकारिणी निकायमा मनोनित गर्दा समानुपातिक समावेशी सिद्धान्तको आधारमा एक तिहाई महिला अनिवार्य व्यवस्था गर्नसमेत माग गरेका छन् ।
राज्यको माथिल्लो तहमा महिलाको उपस्थिति हुँदासमेत महिलाका अधिकार र मुद्दा बारेमा कुनै सम्बोधन हुन नसकेको उनीहरुको गुनासो थियो ।
अहिले पनि राज्यले महिलामाथि विभेद गरेको भन्दै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विशेष सहुलियत दिन माग गरे । मञ्चमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राप्रपा नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा आबद्ध महिला संलग्न छन् ।









प्रतिक्रिया दिनुहोस्