Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सरकारको १०० दिनः प्रधानमन्त्री दाहालले आज सम्बोधन गर्ने


0
Shares

                                                                      फाइल फोटो
काठमाडौं, कात्तिक २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी शुक्रबार अपराह्न ४ बजे सम्बोधन गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा नेपाली कांग्रेसको साथ र सहयोगमा गत साउन १९ गते नयाँ सरकार गठन भएको थियो ।

सो सम्बोधनमा प्रधानमन्त्री दाहालले सरकारले सय दिनमा गरेका उपलब्धि र समसामयिक राजनीतिक अवस्थाकाबारेमा सम्बोधन गर्ने प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । रासस

Skip This