Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


जुटमिल बन्द हुनु लज्जा, हृदयविदारक छ, मोदीसँग कुरा गरेको छु : प्रधानमन्त्री


0
Shares

विराटनगर, कात्तिक २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशभरका सबै रुग्ण सरकारी उद्योग सन्चालनका लागि अध्ययन भइरहेको बताएका छन् ।

विराटनगरको ऐतिहासिक उद्योग विराटनगर जुटमिलको शुक्रबार स्थलगत अवलोकन तथा निरीक्षणको क्रममा उनले भने–‘यस उद्योगलाई सन्चालनमा ल्याउन सरकारले गृहकार्य गरिरहेको छ ।’

प्रधानमन्त्री दाहालले ‘नेपालकै औद्योगिक इतिहासमा अग्रणी भूमिका निर्वाह गरेको यो उद्योग बन्द हुनु लज्जा, हृदयविदारक छ’ भन्दै ‘विगतमा निजीकरणको नाममा थुप्रै उद्योग धारासायी भए, मैले सरकारको नेतृत्व सम्हालेपछि जीर्ण उद्योग सन्चालनका लागि अथक प्रयास गर्दै आएको छु ।’

यो उद्योगका साथै हेटौंडाको कपडा उद्योगलगायत सरकारी उद्योग सन्चालनका लागि अध्ययन भइरहेको उनले स्पस्ट पारे ।

प्रधानमन्त्री दाहालले विराटनगर जुटमिलमा विद्युत् नभएर सन्चालन नभएको विषयमा ऊर्जा मन्त्रालयमार्फत् समाधान गर्ने र जग्गाको विषयमा पनि सम्बन्धित मन्त्रालयलाई समाधान गर्न निर्देशन दिने बताए ।

आफूले जुटमिललाई के गर्ने भन्ने विषयमा एउटा उद्देश्य लिएरै भ्रमण गरेको बताउँदै उनले जुट उद्योगको समग्र समस्या समाधानका विषयमा भारतको गोवामा हालै भारतीय प्रधानमन्त्रीसँग पनि छलफल भएको जानकारी दिए । रासस