
काठमाडौं, कात्तिक २६ । संशोधित आठौं शिक्षा ऐनले निजी विद्यालयहरुलाई नसमेटेको भन्दै निजी विद्यालयका सन्चालकहरुले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।
निजी विद्यालयहरुको संगठन ‘एन प्याब्सन’ले माइतीघर मन्डलामा प्रदर्शन र विरोधसभा गरेको हो ।
सरोकारवालाहरुले दिएको सुझावलाई बेवास्ता गरी शिक्षा मन्त्रालयले नियमावली ल्याउन लागेको एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले बताए ।
निजी लगानीमा सन्चालित विद्यालयहरुलाई गुठीअन्तर्गत् सन्चालन गर्न अनिवार्य गर्न खोजेको र शिक्षकको तलब सुविधा सरकारी मापदन्डअनुसार गर्नुपर्ने विषयमा उनीहरुको असहमति रहेको बताइएको छ ।
सरकारले निजी विद्यालयहरुको माग सम्बोधन नगरे ७५ जिल्लाका जिल्ला शिक्षा कार्यलयहरुमा घेराउ गर्ने र देशव्यापी विद्यालयका सवारी–साधनहरु सडकमा उतारी चक्काजान गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्