१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


राष्ट्रपति भण्डारीसँग भारतीय स्थल सेनाध्यक्षको शिष्टाचार भेट


0
Shares

काठमाडौं, कात्तिक २६ । भारतीय सेनाका स्थल सेनाध्यक्ष जर्नेल दलवीर सिंहले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

दुईदिने नेपाल भ्रमणका लागि नेपाल आएका सिंहले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि उनले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग जंगीअड्डामा भेटवार्ता गरेका थिए ।

उनले शुक्रबारै टुँडिखेलस्थित सैनिकमन्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरे । सोही अवसरमा उनलाई नेपाली सेनाको एउटा टुकडीले सम्मानगारथ अपर्ण गरेको थियो ।

भ्रमणकैक्रममा उनले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्नेछन् ।

भारतीय स्थल सेनाध्यक्ष सिंह यही कात्तिक २८ गते स्वदेश फर्कनेछन् ।