१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


सरकारको १०० दिनः प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा के भने ? (भिडियोसहित)


0
Shares

काठमाडौं, कात्तिक २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले यही कात्तिक महिनाभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने बताएका छन् ।

सरकारले सय दिन पूरा गरेको सन्दर्भमा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलन (सम्बोधन)मा उनले संशोधनको प्रस्ताव तयार भइसकेको र त्यसमा सहमति जुटाउने प्रयास गरिरहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले संशोधन प्रस्तावमा मधेसीलगायतका समूहहरु सहमत रहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मनाउने कोसिस जारी रहेको बताए ।

त्यसक्रममा प्रधानमन्त्री दाहालले तीन सय दिनमा गर्न नसकिने काम आफ्नो सरकारले सय दिनमा गरेको दाबी पनि गरे ।

उनले उच्च अदालतहरु गठन, भाषा आयोग गठन संसदबाट १४ ओटा विधेयक पारितजस्ता काम संविधान कार्यान्वयनको पक्षमा भएको बताए ।

स्थानीय तह पुनःसंरचनाको काम अन्तिम चरणमा पुगेको भन्दै उनले स्थानीय र संघीय निर्वाचनको तयारी पनि सरकारले गरिरहेको दाबी गरे ।

भूकम्पपछिको पुनःनिर्माणका लागि ३ हजार ५ सय जनशक्ति परिचालन गरेको, १ हजार ९ सय डकर्मीलाई तालिम दिएको र भूकम्पपीडितको रकम बढाएर ३ लाख पुर्‍याएको पनि उनले बताए ।

आर्थिक परिसूचकहरु सकारात्मक रहेको दाबी गर्दै प्रधानमन्त्री दाहालले नयाँवर्षको सुरुवातसँगै मेलम्चीको पानी काठमाडौं आउने गरी काम गर्न निर्देशन दिएको पनि बताए ।

उनले अहिले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गराउन परीक्षण भइरहेको भन्दै छिट्टै देशैभर ‘नो लोडसेडिङ’ घोषणा गर्ने दाबी पनि गरे ।

भिडियो हेर्नुहोस्