काठमाडौं, कात्तिक २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा संविधान संशोधनको प्रस्तावको मुख्य विषय सीमांकन हेरफेरमा केन्द्रीत रहेको बताइएको छ ।
तराई केन्द्रित दलले समानुपातिक समावेशीता र नागरिकतालगायतका विषयमा असन्तुष्टि राख्दै संविधानको दोस्रो संशोधनको माग गर्दै आएका छन् ।
प्रधानमन्त्री दाहालले सत्तारुढ, प्रतिपक्ष र आन्दोलनरत दललाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाएका हुन् ।
यसअघि कांग्रेस सभापति देउवाले शुक्रबार प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संविधान संशोधनका विषयमा छलफल गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्