फाइल फोटो
लहान, कात्तिक २७ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बिनाएजेन्डा संविधान संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।
सिरहाको चोहर्वामा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान किन र कसका लागि संशोधन गर्ने प्रस्ट नभएसम्म संविधान संशोधनका लागि आफ्नो पार्टीले नसघाउने स्पस्ट पारे ।
महासचिव पोखरेलले संविधान संशोधनको नाममा सरकारको ‘नजर कहीँ, निशाना कहीँ’ भएको टिप्पणी गर्दै ‘संविधान संशोधनको औपचारिक प्रस्ताव नै अहिलेसम्म आएको छैन’–भने ।
‘संविधान संशोधन गर्नुपर्ने खास एजेन्डा के हो ? त्यसको जानकारी आएको छैन’–उनले भने–‘किन र केका लागि संविधान संशोधन गर्नुपर्ने हो ? त्यो प्रस्ट पार्नुपर्छ, अनिमात्रै संविधान संशोधनबारे सोच्न सकिने छ ।’ रासस









प्रतिक्रिया दिनुहोस्