Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


माओवादी केन्द्रकै नेताले यसरी औंल्याए सरकारको सय दिनमा प्रधानमन्त्रीको कमजोरी


0
Shares

                                                                          फाइल फोटो
काठमाडौं, कात्तिक २७ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सरकारको सय दिन देश र जनताले अनुभूति गर्ने काम नगरी त्यतिकै खेरगएको बताएका छन् ।

रिपोटर्स् क्लबले शनिबार राजधानीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सय दिनमा सरकारले संविधान कार्यान्वयनतर्फ कुनै ध्यान नदिएको र निर्वाचनको कुनै तयारी नगरेको आरोप लगाए ।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि खासै प्रगति नभएको उल्लेख गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले सरकारले सय दिनमा गरेका काममा केही कमजोरी भएपनि सफलताउन्मूख भएको बताए ।

उनले सय दिनमा प्रधानमन्त्री पुष्पकमल दाहालले कर्मचारीतन्त्र, मन्त्रिपरिषद र आफ्नो निजी सचिवालयलाई चुस्त–दुरुस्तरुपले लैजान नसकेको बताए ।

उनले राज्यव्यवस्थालाई पनि प्रधानमन्त्रीले संस्थागतरुपमा सन्चालन गर्न नसकेको स्वीकार गरे ।

उनले प्रधानमन्त्री दाहालले सय दिनमा राष्ट्रिय सहमति कायम गर्नका लागि विभिन्न राजनीतिक दलसँग छलफल र बहसलाई भने तीव्रता दिएको बताए । रासस

Skip This