
काठमाडौं, कात्तिक २७ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय स्थल सेनाका सेनाध्यक्ष दलवीर सिंहले भेट गरेका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री दाहालले भारतीय सेनापतिलाई स्वागत् गर्दै आफ्नो भारत भ्रमण, गोवाको ब्रिक्स–बिमस्टेक सम्मेलनमा सहभागिता र भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताए ।
प्रधानमन्त्रीले नेपाल संविधान कार्यान्वयन, शान्ति–प्रक्रियाको पूर्णता, भूकम्पपछि पूनःनिर्माण र नवनिर्माणसहित आर्थिक समृद्धिको यात्रामा अघि बढेको जानकारी दिए ।
त्यसक्रममा सेनाध्यक्ष सिंहले भारतीय सेनाबाट सेवानिवृत्त नेपालीको पेन्सन लिने व्यवस्थालाई थप सहज बनाउन बुटवलमा नयाँ कार्यालयको स्थापना गर्न लागेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्