१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


उत्तरपुस्तिका बोकेको गाडी तोडफोड, १० जना विद्यार्थी नियन्त्रणमा


0
Shares

चितवन, कात्तिक २७ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको बीएस्सी एजीको प्रवेश परीक्षाको उत्तरपुस्तिका लिएर भरतपुरबाट रामपुर जाँदै गरेको गाडी तोडफोड भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार विश्वविद्यालयको बा१०च ९३४५ नम्बरको उत्तरपुस्तिका बोकेको उक्त गाडी विश्वविद्यालयनजिक दिउँसो २ बजे अज्ञात समूहले तोडफोड गरेको हो ।

चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार ढुंगा प्रहारबाट गाडीको सिसा फुटेको छ ।

घटनापछि अनुसन्धानका लागि १० जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको श्रेष्ठले बताए । उत्तरपुस्तिका सुरक्षित रहेको उनले जानकारी दिए ।

कसले–किन तोडफोड गरेको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस