Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


तरुण दलको चौथो महाधिवेशन पोखरामा सुरु


0
Shares

पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसनिकट भ्रातृसंस्था तरुण दलको चौथो महाधिवेशन शनिबारदेखि पोखरामा सुरु भएको छ ।

१० वर्षपछि भएको तरुण दलको महाधिवेशनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

‘बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन’ भन्ने मूल नाराका साथ तीन दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन उद्घाटनसत्र, दोस्रो दिन बन्दसत्र र अन्तिम दिन निर्वाचन गरिने कार्यक्रम छ ।

मानवअधिकारचोकमा उद्घाटनसत्र हुनुअघि पोखरा सभागृहदेखि बाजागाजा र झाँकीसहित र्‍याली निकालिएको थियो ।

बन्दसत्र र निर्वाचन कार्यक्रम पोखरा सभागृहमा हुने आयोजकले जानकारी दिएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।

Skip This