Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


अध्यक्ष मुरारकाको जग्गामा माओवादीले झन्डा गाडे


0
Shares

                                                                             फाइल फोटो
बनेपा, कात्तिक २७ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित जग्गामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गाडेको झन्डा शनिबार प्रहरीले हटाएको छ ।

अरुको जग्गामा माओवादीले जबर्जस्ती गर्न खाजेको भन्दै त्यहाँ गाडेको झन्डा हटाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

माओवादीले अरबौंको कर छली गरी मुरारकाले राष्ट्रिय हितविपरीत काम गरेको आरोप लगाउँदै महँगी बढाउने र कालोबजारीमा भूमिका निर्वाह गरेकाले जग्गामा झन्डा गाडेको जिकिर गरेको छ ।

सो जग्गाको क्षेत्रफल १४० रोपनी भएको बताइएको छ । रासस

Skip This