फाइल फोटो
काठमाडौं, कात्तिक २७ । नेपाल विद्युत् प्राधिकरणले आइतबार र सोमबार बानेश्वर सवस्टेसनबाट वितरण हुने विद्युत् आपूर्तिमा कटौती हुने जनाएको छ ।
प्राधिकरण काठमाडौं ग्रीड महाशाखा प्रमुख यादवराज घलेका अनुसार बानेश्वर सवस्टेसनमा ‘सर्किट ब्रेकर’ फेर्नुपर्ने भएकाले त्यस क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
आइतबार र सोमबार बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म विद्युत् अवरुद्ध हुने घलेले बताए ।
शंखमूल, बीआइसी हल, धोवीखोला, बाग्मती, कोटेश्वर, एअरपोर्ट, बानेश्वर, लुवु, इमाडोल, न्यूएअरपोर्ट र गोेठाटार क्षेत्रमा विद्युत् अवरुद्ध हुने घलेले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्