Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


बन्द गराउँदै हिड्ने माओवादी कार्यकर्ता पक्राउ, सिन्धुलीमा आगजनी


0
Shares

काठमाडौं, कात्तिक २८ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले बन्दको आह्वान गरेकाले काठमाडौं उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उपत्यकाका चोक चोक तथा भित्री गल्लीमा सादा पोशाकका प्रहरी खटाइएका छन् ।

यसक्रममा बाटो बन्द गराउँदै हिड्ने केही दर्जनलाई पक्राउ गरिएको खबर छ । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई प्रहरीले विहानै पक्रेको हो ।

उता, सिन्धुलीको चियाबारीमा भने अज्ञात समूहले एउटा बलेरो गाडीमा आगजनी गरेका छन् ।

काठमाडौंबाट बर्दिबास जाँदै गइरेको स १ च ११४४ नम्बरको गाडीमा आगो लगाइएको सिन्धुली प्रहरीले जनाएको छ ।

आगो लगाउनेको खोजी भइरहेको जनाएको छ । आगजनीबाट गाडी पूर्णरुपमा ध्वस्त भएको छ ।

Skip This