Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


उत्कृष्ट ‘स्लोगन’ सिर्जन गर्ने पत्रकार शर्मा सम्मानित


0
Shares

ओखलढुंगा, कात्तिक २८ । सहयात्री सामुदायिक रेडियो ओखलढुंगाका प्रबन्ध निर्देशक एवं पत्रकार जीवन शर्मा सम्मानित भएका छन् ।

विगुटार विकास फउण्डेसनले आफ्नो प्रथम साधारण सभाको समारोहमा शनिबार शर्मालाई सम्मान गरेको हो । फाउण्डेशनले ‘स्लोगन’ सृजनाका लागि गरेको आब्हान अनुसार १६ मध्ये शर्माको सृजना उत्कृष्ट भएको हो ।

१६ वटा मध्ये शर्माले पठाएको ‘समाज रुपान्तरणसंगै समृद्ध नेपाल निर्माणको आधार, विगुटार विकास फाउण्डेसन शैक्षिक उन्नयनको पहरेदार’ भन्ने स्लोगन नेपाली विषयका प्राध्यापकहरुको संलग्नतामा छनोट गरिएकोे फाउण्डेसनका अध्यक्ष गिरीराज दाहालले जानकारी दिए ।

स्लोगन सृजना गरी फाउण्डेसन लाई महत्वपूर्ण योगदान दिएको भन्दै सहयात्री सामुदायिक रेडियोका प्रबन्ध निर्देशक शर्मालाई पुरस्कार स्वरुप एक हजार एक सय एक रुपौया सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको फाउण्डेशनका अध्यक्ष दाहालले बताए । पत्रकार शर्मा मोफसलमा रहेर विभिन्न सञ्चार माध्यममा विगत आठबर्ष देखि कृयाशिल छन् ।