पाँचथर, कात्तिक २८ । अदुवाले भाउ नपाएपछी पूर्वी पहाडी जिल्लाका कृषक चिन्तित बनेका छन् ।
गत वर्ष प्रतिमन १ हजार २ सयदेखि १ हजार ५ सय रुपैयाँसम्ममा बिक्री भएको अदुवा अहिले प्रतिमन ८ सयदेखि १ हजार रुपैयाँ मात्रै रहेको छ ।
मूल्य राम्रो नभएपछि किसानले बारीबाट अदुवा समेत खनेका छैनन् । मूख्यतः अदुवा भारतीय बजारमा निकासी हुने गरेको भएपनि यस पटक भारतबाट माग कम भएकाले बजार पाउन नसकेको स्थानीयको भनाइ छ ।
मूल्य नै नआउने भएपछि निर्यात गर्न नै समस्या परेको व्यवसायी बताउँछन् । पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटालगायतमा व्यवसायिक रुपमा अदुवा खेती हुने गरेको छ ।
यी जिल्लामा उत्पादन भएको अदुवा प्रायः छिमेकी मुलक भारतमै निर्यात गरिन्छ ।





प्रतिक्रिया दिनुहोस्