Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


म्याग्दीका किसानलाई धान भित्र्याउन भ्याई–नभ्याई


0
Shares

म्याग्दी, कात्तिक २८ । म्याग्दीका किसानलाई वर्षेबाली भित्र्याउन भ्याइ–नभ्याई छ ।

गत असारमा आफ्नो खेतमा रोपेको धान, भटमास, कोदो, भाङ्गोलगायतका खाद्य बाली भित्र्याउने चटारोमा कृषकहरु छन् । उनीहरुलाई खासगरी मूख्यबाली धान भित्र्याउन चटारोले छापेको हो ।

नेपालीको मूख्य चाड दशैं, तिहार सकिएसँगै किसान बाली भित्र्याउन लागेका हुन् । अघिल्ला बर्षहरुमा विभिन्न रोग, किराको प्रकोप, पानी, बिउबिजन मलखादलगायतको समस्याले भनेजस्तो उत्पादन गर्न नपाएका कृषक यस बर्ष भने राम्रै उत्पादन हुनेमा आशावादी छन् ।

फाँटहरुमा धान काट्न कृषकहरु जुटेका छन् । धान भित्र्याएपछि किसानले गहुँ, जौ, तोरी, उवालगायत हिउँदेबाली लगाउने गर्छन् । युवा पुस्ता रोजगारीको लागि देश–विदेश तथा शहर पसेका कारण गाउँमा श्रमिकको भने अभाव देखिएको छ ।