Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


तरुण दलको निर्वाचन अन्योलमा, भागबन्डाको तयारी गरेको भन्दै चर्को विरोध


0
Shares

पोखरा, कात्तिक २९ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको महाधिवेशनअन्तर्गत् नेतृत्व चयनका लागि सोमबार (आज) हुने भनिएको निर्वाचन अन्योलमा परेको छ ।

तरुण दलको नेतृत्वका विषयमा कांग्रेसका नेताहरुबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रिया नै अन्योलमा परेको हो ।

सर्वसम्मत नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खड्का सक्रिय भएपनि भागबन्डा नमिल्दा निर्वाचन प्रक्रिया लम्बिने संकेत देखिएको छ ।

यसैबीच, नेताहरुले भागबन्डामा नेतृत्व बाडफाँडको तयारी गरेको भन्दै प्रतिनिधिहरुले भने चर्को विरोध गरेका छन् । उनीहरुले चुनावबाटै नेतृत्व चयन गर्न माग गरेका छन् ।

बन्दसत्रमा सबैजसो जिल्ला सभापति र प्रतिनिधिले महाधिवेशनमा आफूहरुको मतदानको अधिकार नखोस्न आग्रह गरेका छन् ।

सर्वसम्मतिका नाममा भित्तामा टाँसिने नेतृत्वलाई आफूहरुले स्वीकार नगर्ने चेतावनी उनीहरुले दिएका छन् ।

 

 

 

 

Skip This