काठमाडौं, कात्तिक २९ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको भन्दै निर्वाचनको वातावरण बनाउन माग गरेका छन् ।
राप्रपा नेपालका तत्कालीन महामन्त्री स्वर्गीय चन्द्रबहादुर गुरुङको स्मृतिमा खोलिएको चन्द्रबहादुर गुरुङ स्मृति एवं अध्ययन प्रतिष्ठानको सोमबार राजधानीमा उद्घाटन गर्दै थापाले यस्तो आग्रह गरेका हुन् ।
उनले मुलुकको बृहत्तर हितलाई ध्यानमा राख्दै समस्या समाधानका लागि अधिकतम् लचकता अपनाउन मधेसकेन्द्रित दलहरुलाई आग्रहसमेत गरे ।
कार्यक्रममा सभामुख ओनसरी घर्तीले ‘राष्ट्र अहिले गम्भीर मोडमा पुगेको र संविधान कार्यान्वयनको अभिभारा पूरा गर्न सबै दलहरु मिल्नुको विकल्प छैन’–भनिन् ।









प्रतिक्रिया दिनुहोस्