
रामबाबु यादव (इमेज)
सिरहा, कात्तिक २९ । मिथिला क्षेत्रमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन कमला नदी किनारमा लाग्ने भूतमेला सोमबार सम्पन्न भएको छ ।
सिराहाका माडर, बन्दीपुर , सारस्वर, उत्राइनी र धनुषाको इनरवाघाटमा यो मेला लाग्ने गर्छ ।
मेलामा विभिन्न स्थानमा गरी १० हजारभन्दा बढी धामी र लाखौं दर्शनार्थीहरुको घुइँचो लागेको थियो ।
सिरहा, सप्तरी, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्ला तथा भारतको विहार र उत्तरप्रदेश राज्यका विभिन्न गाउँहरुबाट सयौंको संख्यामा धामी–झाँक्रीहरु यस मेलामा भेला हुने गर्दछन् ।
यस पूर्णिमाको दिन कमला नदीमा स्नान गरेमा पून्य मिल्ने जनविश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्