Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


बारपाकलाई सुलिकोट गाउँपालिकामा राख्न लागेको भन्दै बारपाकीको विरोध


0
Shares

गोरखा, कात्तिक २९ । गोरखाको बारपाकलाई सुलिकोट गाउँपालिकामा राख्न लागेको भन्दै बारपाकका बासिन्दाले विरोध जनाएका छन् ।

उनीहरुले बारपाक, लाप्राक, गुम्दा, लापु, उहिया, केरौंजा र कासीगाउँलाई छुट्याउन नहुने माग गरेका छन् ।

बारपाकसहित स्वाँरा, सौरपानीलगायतका १० गाविसलाई समेटेर सुलिकोट गाउँपालिका बनाउने सिफारिस गरिएको छ ।

प्राविधिक सहयोग समिति र स्थानीय नेताहरुले एकलौटी ढंगबाट बारपाक गाविसलाई छुट्याएको उनीहरुको आरोप छ ।