
काठमाडौं, कात्तिक २९ । सिंहदरबारअगाडि ‘सफा टेम्पो’पल्टँदा १२ यात्री घाइते भएका छन् ।
सुन्धाराबाट बालकुमारीतर्फ गइरहेको बा१ह ३७९८ नम्बरको सफा टेम्पो सोमबार अपराह्न ३ बजे पल्टेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर देखिएको घटनाका प्रत्यक्षदर्शी दिव्य सुवेदीले बताए ।
घाइतेको वीर अस्पताल र काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको वृत्तका प्रहरी हवल्दार तेजबहादुर गुरुङले बताए ।
सामान्य घाइते भएका टेम्पोका चालक तुलबहादुर श्रेठलाई वृत्त सिंहदरबारमा राखी घटनाको अनुसन्धान भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्