Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


तरुण दलको महाधिवेशन दुई दिन लम्बियो


0
Shares

प्रदीप पौडेल (इमेज)
पोखरा, कात्तिक २९ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको पोखरा महाधिवेशन थप दुई दिन लम्बिएको छ ।

नेपाली कांग्रेसका नेता तथा तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाँणले सोमबार पत्रकार सम्मेलन गरी महाधिवेशन बुधबारसम्म लम्बिएको जानकारी दिएका हुन् ।

उनले नेविसंघ र महिला संघको महाधिवेशनले कार्यकर्तालाई निराशा बनाएको भन्दै पार्टीभित्र एकताको सन्देश दिन विधान संशोधन गरी सर्वसम्मति गर्नुपर्ने भएकाले महाधिवेशन दुई दिन लम्बिएको बताए ।

नेता खाँणले पोखरा महाधिवेशनले सिंगो पार्टीलाई नै एकढिक्का बनाउने भन्दै सोहीअनुसार गर्नका लागि तदर्थ समितिका पदाधिकारीलाई पनि नयाँ कार्यसमितिमा मनोनयन गरेर ल्याउने तयारी भइरहेको जनाए ।

सर्वसम्मत नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खड्काबीच सहमति भएपछि प्रक्रिया पूरा गरेरै अगाडि बढ्ने भएका छन् ।

तीन समूहले छुट्टाछुट्टै विधान पेस गरेपछि अन्तिम विधान तयार गर्ने जनाइएको छ ।

संशोधित विधानमा सातै प्रदेशका लागि एक–एक उपाध्यक्ष र सचिव हुनेछन् ।

त्यसैगरी, महामन्त्री वा महासचिव के राख्ने भन्ने टुंगो नभए पनि त्यो पदमासमेत दुईजना हुने स्रोतले बताएको छ ।

 

Skip This