१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


शुक्लाफाँटा आरक्षपीडितले दिए सशक्त आन्दोलनको चेतावनी (भिडियोसहित)


0
Shares

डिल्लीराज पन्त (इमेज)
कन्चनपुर, कात्तिक २९ । कन्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षपीडितहरुले आफूहरुका समस्या सरकारले नसुनेको भन्दै सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आरक्षपीडितका समस्या समाधान गर्न विभिन्न आयोग बने पनि डेढ दशकदेखिका उनीहरुको समस्या भने ज्यूँका त्यूँ छन् ।

कन्चनपुरका आरक्षपीडितले डेढ दशक बितिसक्दासमेत सरकारले आफूहरुको पीडालाई कुनै निकायबाट पनि सम्बोधन नगरेको भन्दै सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

समस्या समाधान गर्न विभिन्न आयोग बने पनि आरक्षपीडितको भने समस्या ज्यूँ का त्यूँ छ ।

कन्चनपुरका आरक्षपीडितहरुले जुनसुकै पार्टीको सरकार आएपनि आरक्षपीडितको पीर–मर्का कसैले नहेर्दा आफूहरु यो देशकै नागरिक नभएकोजस्तो आभास भएको गुनासो गरेका छन् ।

सरकारले ‘सर्वशिक्षा अभियान’ चलाइरहँदा आरक्षपीडितहरुका बालबालिका भने स्कुल शिक्षाबाटसमेत बन्चित हुने अवस्थामा पुगेका छन् ।

शुक्लाफाँटा आरक्षको जंगलमा बस्नुपर्ने भएका कारण हात्ती, सुंगुर, चित्तललगायतका जंगली जनावरले दुःख दिने गरेको आरक्षपीडितको गुनासो छ ।

विस्थापित भएको १५ वर्ष बितिसक्दासमेत आफूहरुलाई स्थापित गर्न कुनै निकायबाट पहल नभएको उनीहरु बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।