
ताप्लेजुङ, कात्तिक ३० । गत साउन आएको बाढीले बगाएको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको निर्माणाधीन मोटरेबल पुलको काम अझै सुरु हुन सकेको छैन् ।
६ वर्षअघि तत्कालिन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले शिलन्यास गरेको सो पुल गत साउनमा आएको बाढीले बगाएको थियो ।
कन्काई इन्टरनेशनल बिल्डर्स कम्पनीले निर्माणको जिम्मा लिएको पुलको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको थियो ।
वर्षातको समयमा पुल निर्माण गर्दा बगाएको र अहिलेसम्म पुनः निर्माणको काम सुरु नहुँदा पुलको भविष्य नै अन्योलमा परेको स्थानीयको गुनासो छ ।
१० करोड ३५ लाख ९८ हजार रुपियाँको लागतमा निर्माण गर्ने भनिएको पुलको काम सम्पन्न भए कोशी सडकमार्गमार्फत तराईका जिल्लामा पुग्न सहज हुने स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्