Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


माओवादी केन्द्रका नेता पाण्डेप्रति श्रद्धाञ्जली अर्पण


0
Shares

काठमाडौं, कात्तिक ३० । नेकपा माओवादी केन्द्रले पार्टीका दिवंगत नेता तथा सांसद भक्तिप्रसाद पाण्डेको श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

केन्द्रले पार्टी मुख्यालय पेरिसडाँडामा पाण्डेको श्रद्धाञ्जली कार्यक्रम गरेको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिवंगत नेता पाण्डेको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यसैगरी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, नयाँशक्ति नेपालकी नेतृ हिसिला यमीलगायत विभिन्न दलका नेता तथा कार्यकर्ताले पनि पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

एक वर्षदेखि क्यान्सरपीडित ६२ वर्षीय पाण्डेको उपचारका क्रममा नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा सोमबार निधन भएको हो ।

अर्घाखाँचीका पाण्डे नेकपा माओवादीको प्रतिनिधित्व गर्दै समानुपातिक तर्फबाट सांसद भएका थिए ।

Skip This